फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सञ्चालन व्यवस्थाको व्याख्याबाट "चीनको सञ्चालन" अझ आत्मविश्वास र पूर्णता

(GMT+08:00) 2019-11-01 16:23:28
चार दिनसम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको चौथो पूर्ण सम्मेलन अक्टोबर ३१ तारिख पैचिङमा सम्पन्न भएको छ। सम्मेलनमा "चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई कायम राख्ने र त्यसलाई पूर्णता दिलाउने, देशको सञ्चालन प्रणाली र क्षमताको आधुनिकीकरणलाई अघि बढाउने लगायतका महत्वपूर्ण विषय सम्बन्धी निर्णय"को लेखाजोखा गरेपछि त्यसलाई पारित गरिएको छ। त्यस निर्णयमा चीनको राष्ट्रिय व्यवस्था र देशको सञ्चालन भन्ने महत्वपूर्ण विषयमा के कस्तो कुरालाई कायम राख्ने, सुदृढ पार्ने, पूर्णता दिलाउने र विकसित पार्ने भन्ने प्रश्नको विस्तृत रुपमा जवाफ दिइएको छ। यसका अलावा त्यस निर्णयले सम्बद्ध कार्यको समयतालिका र मार्गचित्र पनि निश्चित गरेको छ। त्यो कुरा चीन पूर्ण रुपमा सुधारलाई गहन पार्ने प्रक्रियामा महत्वपूर्ण पाइला हिँडेको प्रतीकको रूपमा लिइएको छ।

चालु वर्ष नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सव हो। चीनले प्राप्त ठूल्ठूला उपलब्धिबाट सफल हुने "पासवर्ड" पत्ता लगाउनु नै अन्तर्राष्ट्रिय समाजको आशा रहेको छ। विशेषत: पश्चिमा जगतका केही पूँजीवादी मुलुक प्रजातन्त्रको कठिन अवस्थामा आइपरेको र केही उदियमान बजार मुलुकसामु विकासका कठिनाई देखा परेको खण्डमा त्यस्तो "पासवर्ड" पत्ता लगाउनुको ज्यादै महत्वपूर्ण अर्थ रहेको छ।

बितेका ७० वर्षयता चीनले सिर्जना गरेको विकास आविष्कारको सिंहावलोकन गर्दा व्यवस्थाको निर्माणले अवश्य नै सबभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसैगरी उक्त निर्णयले चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थाको निर्माण सम्बन्धी ऐतिहासिक उपलब्धिबाट निचोड निकाल्नुका साथै चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थलाई समर्थन गर्ने मूलभूत व्यवस्था, आधारभूत व्यवस्था र महत्वपूर्ण व्यवस्थाको पनि स्पष्टसँग व्याख्या गरेको छ।

जानकारी तथा लेखहरु