फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोसँग अकल्पनीय बजारमूलक शक्ति

(GMT+08:00) 2019-11-04 16:10:52

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो  भोली पाँच तारिखदेखि शाङ्गहाइमा आयोजना हुँदैछ। पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफलताका कारण यस एक्स्पोले सारा विश्वका 150 भन्दा बढी मुलुक तथा क्षेत्रका तीन हजारभन्दा बढी व्यवसायको हार्दिक सहभागितालाई आकर्षित गरेको छ। यस दोस्रो एक्स्पोको परिमाण अझ ठूलो,अङ गुणस्तरीय र अझ उत्कृष्ट कार्यक्रम अझ प्रशस्त हुने छ। वर्तमान विश्व अर्थतन्त्रको वृद्धि ओरालो लाग्ने दवाव बढिरहेको पृष्ठभूमिमा विभिन्न मुलुकले चीनको विकासमा यस्तो द्रूत गतिको रेल चढेर चिनियाँ बजारमा फैलिने इच्छा झन् झन् बढ्दै गएको छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वमा आयातलाई मुख्य विषय बनाउने पहिलो राष्ट्रिय स्तरको एक्स्पो मात्र नभई चीनले सक्रिय रुपमा विश्वसमक्ष आफ्नो बजार खुल्ला गर्ने महत्वपूर्ण कदम हो। एक वर्षअघि आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय एक्स्पोमा ठूलो उपलब्धि भएको छ भने 57 अर्ब 83 करोड अमेरिकी डलर रकमको सम्झौता भएको छ। एक वर्षयता श्रृंखलावद्ध उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादित बस्तु चीनमा आएर लोकप्रिय बन्दै गएको छ। जसले धेरैजसो विदेशी व्यवसायीलाई एक गहिरो अनुभवसँगै चिनियाँ बजारको अकल्पनीय ठूलो संचिति शक्ति देखाएको छ। विशेष गरी वर्तमान संरक्षणवाद र एकपक्षीयतावाद बढ्दै गएको र सारा विश्वको व्यापार तथा लगानी सुस्त भएको पृष्ठभूमिमा झन झन बढी खुल्ला भैरहेको चिनियाँ बजार नै ती विदेशी व्यवसायीले त्याग नसक्ने अवसर पनि हो।

समष्टिगत द्दष्टिकोणबाट हेर्दा दोस्रो एक्स्पोमा सहभागिता मुलुक,सहभागी व्यवसायी,र प्रदर्शन बस्तुको संख्या सबै पहिलोकोभन्दा बढी हुन्। साथै प्रदर्शनी सिट र क्षेत्रफल पनि ठूलो बन्ने छ। तर निरन्तर रुपमा "एक्स्पोमा भाग लिने एक सिट खोज्नु गाह्रो हो"भन्ने अवस्था देखिन्छ। विदेशी व्यवसायीले चीन बजारमा लगानी लगाउने भिड लागेको कारण के हो भने वास्तवमा चीनको अर्थतन्त्रप्रति आशावादी लिनु हो। चालू वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा गत वर्षको सोही अवधिको तुलनामा 6.2प्रतिशतले बढेको छ भने सारा विश्वको मुख्य आर्थिक समूहमध्ये पहिलो स्थान लिएको छ। नयाँ व्यवसाय,नयाँ व्यवसाय शैली,नयाँ व्यापार धुमधामसँग विकसित भैरहेको छ जसबाट चीनको बलियो तथा सक्रिय आर्थिक शक्ति देखाएको छ। अझ महत्वपूर्ण कुरा भनेको सो अन्तर्राष्ट्रिय आयात एक्स्पो वैदेशिक क्षेत्रले चीनको खुलापन नीति सम्बद्ध दिशालाई अनुमान गर्ने मापदण्ड बनेको छ।

चीनद्वारा निर्माण गरिएको यस मञ्चमा सारा विश्वले संयुक्त प्रयास गर्ने छ। वर्तमान जटिल विकास अवस्थामा विश्वले कुनै पनि समयभन्दा खुलापन तथा सहयोगको द्दढ विश्वास चाहन्छ। यस दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोले सारा विश्वको अर्थतन्त्रका लागि नयाँ प्रवर्द्धन शक्ति पुर्‍याउने आवश्यक छ।

जानकारी तथा लेखहरु