फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तीन क्षेत्रतर्फ उन्मुख"बाट चीन र फ्रान्सबीचको सहयोगको दिशाको निर्देशन

(GMT+08:00) 2019-11-06 19:25:36

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज नोभेम्बर ६ तारिख पैचिङ्गमा चीनको राज्यकीय भ्रमणमा रहनुभएका फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनसँग भेटवार्ता गर्दै चीनले फ्रान्ससँग विश्व,भविष्य र जनता गरी तीन क्षेत्रलाई उन्मुख भएर आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकासलाई उकास्नका लागि प्रयास गर्ने आशा व्यक्त गर्नुभएको छ। यी तीन क्षेत्रतर्फ उन्मुखले चीन र फ्रान्सबीचको विकासका लागि दिशा प्रदान गर्दै आपसी सहयोगका लागि नयाँ इच्छा सिर्जना गर्नुका साथै यी दुबै मुलुकका जनताबीचको आदानप्रदानलाई नयाँ अवसर दिने छ।

फ्रान्सको एक पुरानो उखान रहेको छ:मान्छेको भाग्य आफ्नो हातमा रहन्छ। चिनियाँहरुको विश्वास छ:सुखी जीवन प्रयासबाट जन्मन्छ। वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिका सामु चीन र फ्रान्सले सहयोगलाई प्रवर्द्धन गर्दै वास्तविक गतिविधिले बहुपक्षीयवादको संयुक्त प्रयास गरेर अन्तर्राष्ट्रिष परिपार्टीका लागि ठूलो मुलुकको योगदान सिर्जना गर्नुपर्छ।

जानकारी तथा लेखहरु