फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ संसदका उम्मेदवारमाथि भएको आक्रमणप्रति राज्य परिषदको हङकङ तथा मकाउ मामिला कार्यालयको कडा निन्दा

(GMT+08:00) 2019-11-08 16:26:46

चीनको राज्य परिषदको हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता स्यु लु यिङले हङकङ विशेष प्रशासन क्षेत्रको विधान समितिका सदस्य तथा संसदका उम्मेदवार ह च्युन याउ आक्रमण परेकोबारे चर्चा गर्दै उक्त हिंसात्मक गतिबिधिको कडा निन्दा व्यक्त गर्नुका साथै कानुन बमोजिम हिंसामाथि कडा सजाय गर्न आह्वान गर्नुभयो।

स्यु लु यिङले चरम हिंसामाथि कुनै समाजको सहनशिलता हुँदैन भन्दै राष्ट्राध्यक्ष सी चिन फिङ र उप-प्रधानमन्त्री हान चङले हाल हङकङ विशेष प्रशासन क्षेत्रका मुख्य कार्यकारी लिन चङ युए असँग भेट गर्दा हिंसा रोकेर व्यवस्थाको पुनःरूत्थान गर्नु नै वर्तमान हङकङको सबभन्दा महत्वपूर्ण कार्य रहेको विचार व्यक्त गर्नुभयो। हङकङको प्रशासनिक संस्था, व्यवस्थापिका, न्यायपालिकाले मिलेर कानुनबमोजिम हिंसा रोक्ने तथा सजाय गर्ने जिम्मा लिनसक्ने र हङकङका विभिन्न क्षेत्रका व्यक्तिले हिंसा विरोध, कानुन संरक्षण र स्थिरता कायम गर्ने सक्रियतालाई अरू बढाउनसक्ने आशा लिएको पनि उहाँले उल्लेख गर्नुभयो। हङकङको निर्वाचन निष्पक्ष, न्यायिक, सुरक्षा, व्यवस्थित वातावरणमा हुनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु