फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले तिब्बतसँग सीमा जोडिएको नाकामा स्तरोन्नति गरिदिने

(GMT+08:00) 2019-11-12 15:15:14

चीनले ताप्लेजुङतर्फको नाका टिप्ताला भञ्ज्याङवाट – ओलाङचुङगोला सम्मको २४ किलोमिटर सडक स्तरोन्नती गरिदिने भएको छ। सुकेटार–ओलाङचुङगोला सडक ४१ किलोमिटर दुरी छ । यो खण्डमा २१ किलोमिटर ट्रयाक खोल्ने काम जारी छ । दुईतिरबाट ट्रयाक खोल्ने क्रममा एकातिर (ओलाङचुङगोला) चिनियाँ ठेकेदार र अर्कोतिरबाट नेपाली ठेकेदारले ट्रयाक खोल्ने काम जारी राखेको छ।

ओलाङचुङचुङगोला–टिपतला भन्ज्याङ २४ किलोमिटर दुरी सडकमा ट्रयाक खोलिएको छ। यहाँ दैनिक नभइ आवश्यकता बमोजिम नेपाल सरकारको अनुमतिमा चिनियाँ गाडी गुड्छन्। सदरमुकामदेखि गोलासम्म बीच भागमा ट्रयाक खोल्ने काम जारी भएकाले गोलासम्म गाडी र पैदल यात्रा बराबर जस्तै बनेको कारोबार दैनिकले लेखेको छ।

स्थानीयको लगानीमा खनिएको यो सडकको ट्रयाक खोल्ने काम चाँहि चिनियाँ ठेकदारेले नै गरेका हुन्। सडक स्तरोन्नतिका लागि फक्ताङलुङ गाउँपालिकाले डिङजे काउण्ट्री समक्ष यसअघिको बैठकमा माग गरेको थियो। ओलाङचुङगोलासम्म आएका कुङलाले गत वर्ष खोलाको कारण बाटो अवरुद्ध भएर तीन दिन गोलामै थुनिनु परेपछि उनले नेपाल सरकारमार्फत प्रकृया पु-याएर आए आफूहरुले सडक स्तरोन्नती गरिदिने आश्वासन पनि दिएका थिए। यो सडक ओलाङचुङगोलामा जन्मेर देश विदेशमा रहेका वालुङहरुको संस्था वालुङ समाजको लगानीमा खनिएको हो।

जानकारी तथा लेखहरु