फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा

(GMT+08:00) 2019-11-12 15:16:32

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं उत्रनासाथै भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नुहुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लागेका राष्ट्रपति हमिदको इच्छाअनुसार मंगलबार भक्तपुर दरबार क्षेत्रको भ्रमणमा लगिने भएको छ। ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर आउने राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री शिष्टाचार भेटघाटबाहेक बिहिबार पोखरा र शुक्रबार चन्द्रागिरी केबल कारको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख हुनुहुन्थ्यो। ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहनुभएको छ।

जानकारी तथा लेखहरु