फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालय एयरलाइन्सले साउदी अरबको नयाँ गन्तव्यमा उडान गर्ने

(GMT+08:00) 2019-11-12 15:22:32
हिमालय एयरलाइन्सले साउदी अरबको रियादमा पनि उडान गर्ने तयारी गरेको छ। दमाममा उडान गरिरहेको हिमालयले रियादमा उडान गर्नका लागि प्रक्रिया अघि बढाएको हो। एयरलाइन्सले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण प्राधिकरणमा आवेदन दिएको छ।

हालैमात्र चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको हिमालयले साउदीमा पनि उडान विस्तार गर्न लागेको छ।

लामो समयदेखि भारतको नयाँ दिल्लीमा उडान अनुमति नपाएको हिमालय पछिल्लो समय गन्तव्य विस्तारमा आक्रमक देखिएको छ।

उसले केही समय अघिमात्र बांगलादेशको ढाँका उडान सुरु गरेको थियो।

सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा उडान विस्तार गर्ने योजना बनाएको एयरलाइन्सले साउदीको अर्को सहरमा पनि उडान गरेर नेपाली श्रमिकको हवाई बजार आफ्नो पोल्टामा पार्ने प्रयास गरेको छ। सेतोपाटी अनलाइनका अनुसार अहिले साउदीबाट नेपाल सिधा उडान गर्ने हिमालय मात्र हो।

जानकारी तथा लेखहरु