फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र ग्रीसका राष्ट्रनायकबीच भेट-वार्ता

(GMT+08:00) 2019-11-12 15:54:26

ग्रीसको स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एथेन्समा ग्रीसका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग अलग अलग भेट-वार्ता गर्नुभएको छ। वार्तामा आपसी राजनैतिक विश्वास वृद्धि, वस्तुगत सहयोग तथा सभ्यता वार्ताको प्रवर्द्धन गर्दै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्न पूर्वी तथा पश्चिमी प्राचीन मुलुकको बुद्धि प्रस्तुत गर्ने सहमति दुवै पक्षले गरेका छन्। सोही दिन दुई मुलुकले चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको प्रवर्द्धन सम्बन्धी संयुक्त विज्ञप्ति पनि सार्वजनिक गरेका छन्।

ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोससँगको भेटवार्तामा चीन र ग्रीसले मैत्रीपूर्ण विश्वासको हितयुक्त सहविजेय सम्बन्धको नमूना, खुला तथा वस्तुगत सहयोगमार्फत चीन र यूरोपबीचको सहयोगको नमूना, सांस्कृतिक आदानप्रदान तथा एक अर्कामा सिकाइ सभ्यता तथा बहुपक्षीयतावादको संरक्षण गर्ने नमूनाको स्थापना गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ भने ग्रीसका राष्ट्रपतिले चीनको इतिहास तथा संस्कृतिको परम्परा होस वा दिनप्रतिदिन खुला, प्रगति र विकासको बाटोमा हिंडिरहेको वर्तमान चीनको तथ्यबाट 'सभ्यताको संघर्ष' तथा 'शक्तिशाली मुलुक प्रभुत्व'लाई भङ्ग पारिएको औंल्याउनुभएको छ।

भरखरै सम्पन्न दोस्रो चीन आयात एक्स्पोमा ग्रीसका उत्पादनको कारोबारमा संलग्न रकम गत वर्षको दाँजोमा २.५ गुणाले वृद्धि भएको छ। यसबारे चर्चा गर्दै ग्रीसका प्रधानमन्त्री किरिआकोस मित्सोताकीससँगको वार्तामा राष्ट्राध्यक्ष सीले भन्नुभयोः 'यसबाट खुलापनको विस्तार तथा ग्रीस लगायतका विभिन्न मुलुकको विकासको लागि अझ धेरै मौका प्रदान गर्ने चीनको दृढतालाई देखाइन्छ।' बीआरआई निर्माणको सहयोगको बढावा लगायत चीन-ग्रीस वस्तुगत सहयोगको लागि राष्ट्राध्यक्ष सीले श्रृंखलावद्ध प्रस्ताव पनि प्रस्तुत गर्नुभयो। ग्रीसका प्रधानमन्त्री किरिआकोसले चीनको खुलापनबाट ग्रीस लगायतका विभिन्न मुलुकको लागि अझ धेरै मौका प्रदान गर्ने विश्वास गर्दै बीआरआई निर्माणमा ग्रीसको सक्रिय सहभागीताबाट यूरोप-एशिया सम्पर्क तथा जोडलाई बढाइने ठहर पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु