फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी ग्रीसका राष्ट्रपतिको स्वागत समारोहमा

(GMT+08:00) 2019-11-12 15:55:27

स्थानीय समय अनुसार, नोभेम्बर ११ तारिख बेलुकी ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोस तथा उहाँकी श्रीमतीले राष्ट्रपति भवनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमतीको लागि भव्य स्वागत समारोह आयोजना गर्नुभएको छ।

सम्बोधनमा ग्रीसका राष्ट्रपति प्रोकोपिसले राष्ट्राध्यक्ष सीको भ्रमणबाट आपसी मैत्रीपूर्ण सम्बन्धको नयाँ अध्याय खोलिएको छ र चीनसँगको आदानप्रदान तथा सहयोगको प्रवर्द्धन गर्न ग्रीसले इच्छा गरेको जनाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो सम्बोधनमा वस्तुगत सहयोग तथा सभ्यता वार्तालापबाटै चौतर्फी रणनैतिक साझेदार सम्बन्धको विकासलाई अघि बढाउँदै विश्वको शान्ति तथा साझा समृद्धिको लागि नयाँ योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु