फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र ग्रीसका प्रधानमन्त्रीबाट कोस्को पिराएस बन्दरगाह परियोजनाको निरीक्षण

(GMT+08:00) 2019-11-12 16:10:07

ग्रीसको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआनले ग्रीसका प्रधानमन्त्री किरिआकोस मित्सोटाकिस जोडीका साथमा कोस्को सिपिङको पिराएस बन्दरगाह परियोजनाको निरीक्षण गर्नुभएको छ। उक्त परियोजना चीन र ग्रीसले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हुनुका साथै आपसी श्रेष्ठताको पूरक र साझा हित तथा विजयको नमूना भएको भन्दै उहाँहरूले प्रशंसा गर्नुभयो।

पिराएस बन्दरगाह ग्रीसको सबैभन्दा ठूलो बन्दरगाह हो। सन् २०१६ मा कोस्को सिपिङले सफलताका साथ पिराएस बन्दरगाहको प्राधिकरण निजीकरण परियोजनाको बोलपत्र जितेर बन्दरगाहको पोर्टको नियन्त्रण शेयरधारी बन्नुका साथै संचालन र व्यवस्थापनको जिम्मेवारी पाएको थियो। जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दश हजाभन्दा बढी रोजगारको सिर्जना गरेको छ। हाल उक्त बन्दरगाह भूमध्य क्षेत्रको सबैभन्दा ठूलो बन्दरगाह हुनुका साथै विश्वको सबैभन्दा तीव्र विकसित कन्टेनर टर्मिनलहरूमध्येको एक भएको छ।

जानकारी तथा लेखहरु