फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्कृष्ट "नोभेम्बर ११" किनमेल महोत्सवबाट चिनियाँ अर्थतन्त्रको क्षमता पुष्टि

(GMT+08:00) 2019-11-12 17:01:26

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो भर्खरै सम्पन्न हुँदै गर्दा "नोभेम्बर ११" किनमेल महोत्सव पनि आइपुग्यो। जसले चिनियाँ बजारको बलियो खरिद शक्तिलाई फरि एकपटक देखाएको छ। सोही दिन ई-वाणिज्य प्लेटफर्म टी मल र जेडीमा कूल व्यापारिक रकम छुट्टा-छुट्टै रूपमा २ खर्ब ६८ अर्ब ४० करोड र २ खर्ब ४ अर्ब ४० करोड चिनियाँ युआन पुगेर गत वर्षको सोही दिनको तुलनामा २५.७ र २७.९ प्रतिशतले वृद्धि भएका छन्। बाह्य ठूलो अनिश्चित अवस्थामा उपभोग बजारको उत्कृष्ट उपलब्धिले चिनियाँ अर्थतन्त्रको लचिलोपन, निहित शक्ति र जोखिम प्रतिरोध क्षमतालाई पुष्टि गरेको छ।

चालु वर्ष "नोभेम्बर ११" किनमेल महोत्सवको एघारौं वर्ष हो। एकातिर चिनियाँ सर्वसाधारणको उपभोग्य वस्तुहरू बौद्धिक, उच्च गुणस्तरीय र व्यक्तिगत दिशातिर उकासिँदै हरियो खाना, फेशन पोशाक, स्मार्ट घर आदि सामान झन् झन् आकर्षक विषय भएको छ भने अर्कातिर चिनियाँहरूको उपभोगको ढाँचा सामाजिकीकरण र परिचालनको दिशातिर विकास गरेर प्रत्यक्ष प्रसारण नै खरिदको नयाँ प्रवृति बनेको छ।

चालू वर्षको "नोभेम्बर ११" किनमेल महोत्सवमा धेरै ई-वाणिज्य प्लेटफर्मले तेस्रो-तह र त्यसभन्दा साना शहरहरू, जिल्ला-बस्ती र ग्रामीण क्षेत्रको बजारमाथि ध्यान दिएका छन्। यी क्षेत्रमा उपभोक्ता समूहको जनसंख्या चीनभरि लगभग ७० प्रतिशत ओगटेको छ। किनमेल महोत्सवमा ६०प्रतिशतको अर्डर यी क्षेत्रहरूबाट आएका हुन्। किनमेल महोत्सवको तथ्याँकबाट हेर्दा यी क्षेत्रहरूको बजार चिनियाँ अर्थतन्त्रको वृद्धिमा महत्वपूर्ण ईन्जिन बनेर चिनियाँ अर्थतन्त्रको ठाउँ क्रमशः व्यापक पार्दैछ।

त्यसबाहेक चालू वर्ष "नोभेम्बर ११" किनमेल महोत्सवको अर्को विशेषता नयाँ छ। करिब दश लाख प्रकारका नयाँ सामान सार्वजनिक भएका छन्। धेरै नयाँ सामानको सार्वजनिकीकरणबाट चिनियाँ व्यवसायले अनुसन्धान तथा विकासमा क्रमशः लगानी बढ्नुका साथै उपभोगको गुणस्तरलाई माथि उकास्दै भएको देखिन्छ।

साथै "नोभेम्बर ११" किनमेल महोत्सवमा विश्वव्यापी खरिद फेरि पनि महत्वपूर्ण विषय बनेको छ। टी मलमा नयाँ अन्तर्राष्ट्रिय मार्काको संख्या गत वर्षभन्दा लगभग ३००प्रतिशतले बढेको छ। त्यसमध्ये अमेरिका, बेलायत, जापान आदि पश्चिमा मुलुकबाट आएका हुन्। चिनियाँ बजारमा यी मार्काहरूको प्रवेश चिनियाँ सर्वसाधारणको बलियो आयात् उपभोग क्षमताका कारणले हो। साथै तिनीहरूले व्यवहारिक गतिविधिद्वारा चीन छोड्ने धारणा कति गलत छ, भन्ने पुष्टि गरेका छन्।

उपभोगले आर्थिक बिक्रीका लागि आधारभूत भूमिका खेलेको छ। बलियो राष्ट्रिय बजार चिनियाँ अर्थतन्त्रको बाहिरी जोखिमको प्रतिरक्षा गर्ने र सुधार तथा खुलापनलाई निरन्तरता दिने प्रत्याभूतिको माध्यम पनि हो।

जानकारी तथा लेखहरु