फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-ग्रीसको सहयोग उच्च गुणस्तरीय हुने

(GMT+08:00) 2019-11-12 18:58:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १०-१२सम्म ग्रीसको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमणताका दुई देशका जनताले आपसी राजनैतिक विश्वास, वस्तुगत सहयोग विस्तार, सभ्यता सम्बन्धि वार्ताको प्रवर्द्धन लगायत विविध विषयबारे व्यापक रूपमा वैचारिक आदानप्रदान गर्दै महत्वपूर्ण मतैक्यता हासिल गर्नुभएको छ। यसबाट हेर्दा सभ्यताको आदानप्रदान र हितयुक्त सहयोग नै चीन-ग्रीस चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध अघि बढ्दै गइरहेको छ र दुई देशका जनताको लागि नयाँ विकास मौका पुर्याएर चीन-युरोप सम्बन्धलाई अघि बढाउनेमा शंका नै छैन।

वर्तमान परिस्थितिमा एकपक्षीयतावाद तथा संरक्षणवादको प्रवृत्ति बढ्दै गएको पृष्ठभूमिमा विश्वमा संघर्ष र द्वन्द्व चर्कँदै जाँदा चीन र ग्रीस यी २ वटा प्राचीन सभ्यता भएका मुलुकका नेताहरूले राख्नुभएका धारणाबाट विवाद निरूपण, विश्व संचालनलाई सुधार गर्ने तथा शान्ति तथा विकासको प्रवर्द्धनको लागि मूल्यवान् बुद्धि र विचारको योगदान प्रदान गरिएको छ।

चीनका राष्ट्राध्यक्ष सीको यस भ्रमणताका चीन-ग्रीस वस्तुगत सहयोगबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छः एक, बीआरआई संयुक्त निर्माणको प्रवर्द्धन प्रस्ताव तथा ग्रीसको महत्वपूर्ण अन्तर्राष्ट्रिय लजिस्टिक हबको निर्माण भन्ने रणनीतिलाई जोडेर पिराएस बन्दरगाहलाई सामुद्रिक क्षेत्रको सबैभन्दा ठूलो कन्टेनर मालसामान केन्द्रको रूपमा चाँडै नै बनाएर मध्य युरोपको स्थल-समुद्री एक्सप्रेस लाइनको ढुवानी क्षमतालाई उकास्नु रहेको छ। साथै राष्ट्राध्यक्ष सीले चीन-ग्रीस द्विपक्षीय व्यापार तथा लगानीका परिधिको विस्तार गर्दै मानवीय आदानप्रदानलाई गहन पारेर चीन-यूरोप सम्बन्धको विकासलाई संयुक्त रूपमा अघि बढाउने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। उहाँले प्रस्तुत गर्नुभएको ती ४ बुँदे प्रस्तावबाटै आपसी वस्तुगत सहयोगको लागि दिशानिर्देश गरिएकोमा शंका छैन।

चीन र ग्रीसबीच सभ्यता सम्बन्धि आदानप्रदान तथा हितयुक्त सहयोगलाई घनिष्ट पारेमा एक अर्काको मुख्य हित र गम्भीर ध्यानमा रहेका विषयमा दृढ समर्थन दिँदै जाने छन् भने आपसी सम्बन्धबाट फलदायी उपलब्धि हासिल गरिने छ र दुई देशका जनता लगायत चीन-यूरोप सहयोग एवम् विश्वको समृद्धि तथा विकासको प्रवर्द्धनद्वारा पनि लाभान्वित हुने छ।

जानकारी तथा लेखहरु