फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहितका कम्पनीहरू मिलेर पूर्वी नेपालमा भ्यू टावर बनाउँदै

(GMT+08:00) 2019-11-13 14:50:26

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले 'भ्यु–टावर' निर्माण सुरु भएको छ।

संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो। ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् । ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ।

आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहका अनुसार भ्यु–टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको कान्तिपुर अनलाइनले लेखेको छ।

ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । भ्यु–टावर निर्माण सुरु भए पनि अधिकांश नगरवासी टावरको सट्टा दमकमा अरू नै आयोजना आवश्यक रहेको बताउँछन् ।दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले भ्यु–टावर निर्माणमा कुनै समस्या नरहेको बताउनुभयो। नगरभित्र अस्पताल, मेडिकल कलेज निर्माण गर्नुपर्नेलगायत धारणा आए पनि भ्यु–टावर पनि महत्त्वपूर्ण भएको उहाँको तर्क छ। नगरपालिकाले टावर निर्माणस्थलको ५ सय मिटर वरिपरि जग्गा किनबेच गर्न रोक लगाएको छ।

जानकारी तथा लेखहरु