फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्नपूर्ण पदमार्गमा अन्तराष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता

(GMT+08:00) 2019-11-13 15:03:14

विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा सोमबारदेखि अन्तराष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता 'याक अट्याक २०१९' सुरु भएको छ। प्रतियोगिताको १३ औं संस्करणको पहिलो दिन उनीहरुले लमजुङको बेंसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डिस्थान मकैडाँडा हुँदै बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाएर दोस्रो दिन हिमाली जिल्ला मनाङ हुँदै कूल ७ दिन साइकल कुदाउनेछन्।

प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका लगायत १२ देशका २५ जना अन्तराष्ट्रिय साइकल रेसरले भाग लिएका छन्। यसमा नेपाली ५ जना छन्। २ जना विदेशी महिला छन्।

दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने याक अट्याक कार्यक्रमका प्रवन्धक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार छैटौं दिन पाचौं दिन थोराङ फेदी, छैठौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५, ४१६ मि) पास गरेर कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ। प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनले उनले बताए।

कान्तिपुर अनलाइनका अनुसार बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले साइकल पर्यटनलाई विश्वले चिनेको दाबी गरे। आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडका निर्देशक फिल इभान्सले प्रतियोगितामा ५ हजार अमेरिकी डलरको पुरस्कार राखिएको बताए।

जानकारी तथा लेखहरु