फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बन्ने

(GMT+08:00) 2019-11-13 15:04:11

३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बन्ने भएको छ। स्थानीय तहमा कस्ता उद्योग सञ्चालन गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन सुरु भएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकारको साझेदारीमा पहिलो चरणमा ती स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो। ती स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने सरकारको तयारी छ। सरकारले प्रत्यक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभरका ४३ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने प्रस्ताव केही महिनाअघि मन्त्रिपरिषद् पठाएको थियो। तर, मन्त्रिपरिषद्ले पहिलो चरणमा ३२ वटा स्थानीय तहमा मात्रै औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो।

कुल गार्हस्थ उत्पादनमा उद्योगको योगदान १५ प्रतिशत पनि पुगेको छैन। सरकारले औद्योगिक वातावरण निर्माण गरेको दाबी गरे पनि अझै उद्योगमैत्री अर्थतन्त्र निर्माण हुन सकेको छैन। उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले पछिल्लो समयमा औद्योगिक वातावरण निर्माण हुँदै गएको दाबी गर्नुभयो। पछिल्लो समयमा उद्योग र लगानीसम्बन्धी ३६ वटा ऐन नियम संशोधन र निर्माण भएका छन्। स्थानीय तहमा स्थापना हुने औद्योगिक ग्रामले कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउन भूमिका खेल्ने उनको भनाइ छ। गाउँगाउँमा औद्योगिक विकास र उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजना अघि सारेको हो।

जानकारी तथा लेखहरु