फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापन तथा नयाँ सिर्जनाबाट ब्रिक्सको दोस्रो सुनौलो दश वर्ष सुरू

(GMT+08:00) 2019-11-13 15:18:19

ब्रिक्स मुलुकका नेतागणबीच एघारौं वार्ता १३ तारिखदेखि १४सम्म ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भैरहेको छ। यो वार्ताको मुख्य विषयवस्तु " आर्थिक वृद्धिबाट नयाँ सिर्जना भविष्यको निर्माण" भन्ने रहेको छ। ब्रिक्स मुलुकको सहयोग दोस्रो सुनौलो दश वर्षमा खुलापन तथा साझा विजय र नयाँ सिर्जना तथा विकास ब्रिक्स पाँच मुलुकको भावी सहयोगको मुख्य विषय भएको देखिन्छ।

पहिलो सुनौलो दश वर्षमा एशिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपलाई ढाकेका पाँच नयाँ उदीयमान आर्थिक समूहबीचको ब्रिक्स सहयोग व्यवस्थाले स्पष्ट उपलब्धि हासिल गरेको थियो। ब्रिक्स सहयोग व्यवस्था विश्व आर्थिक वृद्धिको मुख्य इन्जिन र अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्ने महत्वपूर्ण शक्ति बनेको छ।

वर्तमान मानवजातिका सामु नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति तथा औद्योगिक परिवर्तन तथा सुधार देखापरेको छ। नयाँ उद्योग, नयाँ व्यापार र नयाँ मोडले ब्रिक्स मुलुकलाई महत्वपूर्ण मौका दिएको छ। तर साथै एकपक्षीयता र संरक्षणवादले बहुपक्षीय व्यापार व्यवस्था र विश्वको आर्थिक वृद्धिमाथि प्रभाव पारेर ब्रिक्स मुलुकको विकासका लागि बाह्य अस्थिर तथा अनिश्चित कारक तत्व बढाएको छ। यस्तो पृष्ठभूमिमा पाँच मुलुकका नेतागणको वृद्धि तथा नयाँ सिर्जनामाथि नजर पुर्याएर वार्तामा नै ज्यादै वास्तविक अर्थ रहेको ठहर गरेका छन्। दोस्रो सुनौलो दश वर्षमा ब्रिक्स मुलुकले एकता तथा सहयोगलाई सबल पार्नुका साथै विश्व व्यवस्था प्रणालीको गहिरो सुधारलाई संयुक्त रूपमा बढाएर विश्वको विकास तथा व्यवस्था समस्याको समाधान गर्न योगदान दिनुपर्छ।

पहिलो, ब्रिक्स मुलुकले सहयोग तथा साझा विजयलाई निरन्तर गरेर खुलापनगत अर्थतन्त्रको निर्माण गर्नुपर्छ। इतिहासबाट खुलापन मात्रै विभिन्न देशबीचको आपसी हितकर, साझा समृद्धि र दीर्घकालीन विकास हुनसक्ने पुष्टि गरिएको छ।

दोस्रो, ब्रिक्स मुलुकले नयाँ सिर्जनाको निर्देशनमा अडान राख्दै नयाँ विकासका अवसरको सिर्जना गर्नुपर्छ।

यी लक्ष्य साकार तुल्याउनका लागि ब्रिक्स मुलुकले बहुपक्षीयतावाद तथा अन्तर्रष्ट्रिय सम्बन्धको आधारभूत नियमको पालना गर्नुका साथै आधिपत्य तथा शक्ति राजनीतिको विरोध गरी अन्तर्राष्ट्रिय व्यवस्थालाई अझ निष्पक्ष र उचित दिशातिर अगाडि बढाउनुपर्छ। आगामी दश वर्षमा ब्रिक्स मुलुकले विश्वको व्यवस्थापनमा अझ बढी भूमिका खेल्ने अनुमान गरिएको छ।

आगामी दश वर्षमा ब्रिक्स मुलुकले इतिहासको प्रवृत्ति अनुकूल विकासको मौकाको प्रयोग गरी एकीकृत रूपमा चुनौतीको सामना गरेमा दोस्रो सुनौलो दश वर्षमा नयाँ विकास गरेर मानव भाग्य समुदायको निर्माणका लागि अझ बढी भूमिका खेल्नेछ।

जानकारी तथा लेखहरु