फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा ग्रीसका राष्ट्रनायकद्वारा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण

(GMT+08:00) 2019-11-13 15:38:02

स्थानीय समय अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ ली युआनले ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपोउलोस र उहाँकी श्रीमतीको साथमा एथेन्सको एक्रोपोलिस संग्रहालयको भ्रमण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन तथा ग्रीसका प्रशस्त सांस्कृतिक सम्पदा भएकोले महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको मर्मत तथा संरक्षण क्षेत्रमा हुने सहयोगलाई सबल पार्नसक्ने विचार व्यक्त गर्नुभयो। साथै उहाँले ग्रीसका राष्ट्रपति, सरकार तथा जनताको हार्दिक स्वागतप्रति फेरि एक पटक धन्यवाद ज्ञापन गर्नुभयो।

ग्रीसका राष्ट्रपति प्रोकोपिसले राष्ट्राध्यक्ष सीले गर्नुभएको ग्रीस भ्रमणबाट आपसी सम्बन्धको नयाँ अध्याय पल्टाइएको विचार व्यक्त गर्नुभयो। ग्रीसको सभ्यताप्रति सीको बुझाइ र सम्मानका लागि दिलैदेखि धन्यवाद दिँदै उहाँले विश्व शान्ति तथा मानवजातिको अझ उज्ज्वल भविष्यको लागि ग्रीस तथा चीनले द्विपक्षीय आदानप्रदान तथा सहयोगलाई सबल पार्नुपर्ने ठहर पनि गर्नुभयो।

जानकारी तथा लेखहरु