फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-ग्रीस सहयोग तथा उपलब्धिको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2019-11-13 16:00:59
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १०-१२सम्म ग्रीसको राजकीय भ्रमण गर्नुभयो। भ्रमणका क्रममा उहाँले ग्रीसका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेट-वार्ता गर्दै द्विपक्षीय सम्बन्ध तथा साझा अभिरूचिका अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय समस्याबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभयो र व्यापक रूपमा मतैक्य पनि हासिल भएको छ। राष्ट्राध्यक्ष सीको ग्रीस भ्रमणमा ग्रीसका विभिन्न क्षेत्रले ठूलो ध्यान दिँदै आपसी सहयोगको उपलब्धिको सकारात्मक मूल्याङ्कन गरेका छन्।

ग्रीस अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि विद्वान एवम् यूरोप अनुसन्धान अन्तर्राष्ट्रिय केन्द्र (सीआईएफई) अन्तर्गत यूरोप-चीन प्रोजेक्टरका प्रमुख जर्ज त्जोगोपौलोसले राष्ट्राध्यक्ष सीको ग्रीस भ्रमणबारे चर्चा गर्दै यो अर्थपूर्ण भ्रमण हो, भन्नुभयो। उहाँले यसबाट चीनले द्विपक्षीय सम्बन्धको विकासमा ठूलो महत्व दिएको सकारात्मक सूचना संप्रेषण भएकाले आपसी वस्तुगत सहयोगमा नयाँ जीवन्त शक्ति थपिने विश्वास व्यक्त गरेका छन्।

राष्ट्राध्यक्ष सीको भ्रमणबाट ग्रीसका सर्वसाधारणमाझ पनि सकारात्मक प्रतिक्रिया जनाइएको छ। एथेन्सका बासिन्दा तीना देमेत्रीऔले लगानी, बन्दरगाह, बैंकिङ तथा उर्जा क्षेत्रमा हुने सहयोगको प्रवर्द्धन गर्ने निर्णय ग्रीस तथा चीनले गरेकोले सर्वसाधारणले ती सहयोगहरूको अपेक्षामा रहिरहेको बताइन्।

जानकारी तथा लेखहरु