फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ मकाउका उद्यमीहरूबाट क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्रको निर्माणबारे चर्चा

(GMT+08:00) 2019-11-13 16:07:31

चालू वर्षको फेब्रुअरीमा 'क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्रको विकास योजना कार्यक्रम' सार्वजनिक गरियो। नोभेम्बर १२ तारिख आयोजित चिनियाँ मूलका विदेशी तथा विदेशमा बस्ने चिनियाँहरूको प्रथम क्वाङतुङ, हङकङ तथा मकाउ बृहत् खाडी क्षेत्र सम्मेलनमा हङकङ तथा मकाउका उद्यमीहरूले बोल्दै यस क्षेत्रको निर्माणबाट हङकङ तथा मकाउको लागि विकासको नयाँ मौका प्रदान गरिने विचार व्यक्त गरेका छन्।

केही दिनअघि चीनको केन्द्रिय सरकारले हङकङ तथा मकाउको लागि सुविधाजनक नीति तथा कदम चालेको छ जसबाट यस क्षेत्रको निर्माण उपलब्धिबाट व्यापक सर्वसाधारण विशेष गरी युवायुवतीलाई लाभान्वित गराउनु भन्ने उद्देश्य रहेको छ। हङकङ तथा मकाउका उद्यमीहरूले आफ्नो विशेषता जोडेर यसै क्षेत्रमा रहने अन्य शहरहरूसँगै श्रेष्ठताको आपूर्ति गरेर सहयोगमार्फत विकासलाई अघि बढाउने ठहर गरेका छन्।

 

जानकारी तथा लेखहरु