फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकका व्यवसायबाट ब्रिक्स आर्थिक तथा व्यापारिक सहयोगको प्रतिक्षामा

(GMT+08:00) 2019-11-13 17:14:11

ब्रिक्स मुलुकका नेतागणबीच एघारौं वार्ता १३ तारिखदेखि १४सम्म ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भैरहेको छ। यो वार्ताको मुख्य विषयवस्तु " आर्थिक वृद्धिबाट नयाँ सिर्जनशील भविष्यको निर्माण" भन्ने रहेको छ। केही वर्षयता ब्रिक्स मुलुकको राष्ट्रिय शक्ति क्रमशः बढ्दैआएको छ।

केही समयअघि शाङहाईमा आयोजित दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ब्रिक्स मुलुकका धेरै व्यवसायहरू सहभागी भएका थिए।

ब्राजिल साओ पाउलो राज्यको औद्योगिक संघअन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख थोमस सनोटोले ब्राजिल चीनसँग आर्थिक तथा व्यापारिक सहयोगलाई सबल पार्ने प्रतिक्षामा रहेको कुरा बताउनुभयो।

भारतको एउटा खाद्य कम्पनीका जिम्मेवार हेमन्त मोटवानीले चीनको व्यापक बजारमा नयाँ मौका खोज्ने आशा गर्नुभयो।

धेरै वर्षयता ब्रिक्स मुलुकको सहयोग क्रमशः गहिरो र व्यवहारिक बन्दैछ। ब्रिक्स मुलुकहरू विश्वको आर्थिक वृद्धिलाई घच्घच्याउने, विश्वको व्यवस्थापनलाई पूरा तथा सुधार पार्ने र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिकीकरणलाई अगाडि बढाउने रचनात्मक शक्ति बनिसकेका छन्।

जानकारी तथा लेखहरु