फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ मामिलामा कुनै विदेशी सरकार, संगठन वा व्यक्तिको हस्तक्षेप असैह्य

(GMT+08:00) 2019-11-13 18:59:04

हङकङ चीनको हो र हङकङ मामिला चीनको आन्तरिक मामिला हो। कुनै पनि विदेशी सरकार, संगठन वा व्यक्तिसँग त्यसको हस्तक्षेप गर्ने अधिकार छैन। अमेरिकी काँग्रेसले हङकङ सम्बन्धि मसौदालाई अघि बढाएको र हङकङ सम्बन्धि युरोपेली संघको भनाइबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १३ तारिख उक्त कुरा भन्नुभएको हो।

हङकङको सामु देखापरेको आधारभूत समस्या तथाकथित मानवअधिकार वा प्रजातन्त्रको होइन बरू चाँडै हिंसा र विद्रोहलाई बन्द गर्दै सामान्य अनुशासनको पुनर्स्थापना गरेर कानूनी प्रशासनको संरक्षण गर्नु हो भन्ने कुरा पनि प्रवक्ता कङले पुष्टि गर्नुभएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकार, प्रहरी तथा कानूनी संस्थाले प्रभावकारी कदम चालेर अपराधीलाई कडा सजाय दिनुका साथै हङकङवासीको जनधनको सुरक्षाको संरक्षण गरेर हङकङको शान्ति तथा स्थिरताको पुनर्स्थापना गर्न चीनको केन्द्रिय सरकारले दृढ समर्थन दिँदै जाने कुरा पनि प्रवक्ता कङले बताउनुभयो।

जानकारी तथा लेखहरु