फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली लोक सांगीतिक समूह सुरसुधाको प्रस्तुती पैचिङमा

(GMT+08:00) 2019-11-14 13:43:03

चर्चित नेपाली लोक सांगीतिक ब्यान्ड सुरसुधा बुधबार चीनको राजधानी बेइजिङस्थित एउटा युनिभर्सिटीमा गुन्जिएको छ । चीनको सबैभन्दा पुरानो पेकिङ युनिभर्सिटीअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र अन्य विभिन्न सांस्कृतिक संघसंस्थाले गरेको 'हिमालपारि : चीन–नेपाल संस्कृति तथा कला आदानप्रदान साँझ' मा सुर सुधाले मौलिक प्रस्तुति दिएको हो । बाँसुरीमा प्रेम राना औतारी, तबलामा सुरेन्द्र श्रेष्ठ, सितारमा राजीव श्रेष्ठ र गितारमा विकास सुनारले गरेको प्रस्तुतिमा चिनियाँहरू लठ्ठ परेका कान्तिपुर अनलाइनले लेखेको छ।

प्रस्तुतिमा नेपाली मंगलधुनका साथै विभिन्न मौलिक नेपाली लोकगीतका धुनहरू समावेश थिए । चिनियाँ दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली धुन, नेपाली नृत्य र नेपाली लोकगीतले उल्लासमय वातावरण निर्माण गरेको थियो । सन् १९९१ मा खुलेको सुर सुधाले गत असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा पनि सांगीतिक धुन पस्किएको थियो । नेपाल चीन सांस्कृतिक आदानप्रदानको ध्येयले आयोजित कार्यक्रममा चिनियाँ कलाकारले पनि प्रस्तुति दिए । साथै परम्परागत चिनियाँ चिया तयार पार्ने विधि र चिनियाँ वाद्यवादनको कला पनि प्रस्तुत गरिएको थियो।

यसअघि मंगलबार नेपाली दूतावासमा आयोजित स्वागत कार्यक्रममा सुरसुधाका प्रतिनिधिहरूले साँगितिक प्रस्तुती गरेका थिए। क्वाङ्चौमा भएको एउटा कार्यक्रममा भाग लिन आएका सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशमान सिंह रावत पनि सहभागी भएका थिए।

जानकारी तथा लेखहरु