फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालमा अन्तर्राष्ट्रिय वाणिज्य महोत्सव हुने

(GMT+08:00) 2019-11-14 13:46:57

झापाको व्यापारिक केन्द्र धुलाबारीमा अन्तर्राष्ट्रिय वाणिज्य महोत्सव हुने भएको छ। पुस ९ देखि १६ सम्म महोत्सव आयोजना गरिने मेची उद्योग वाणिज्य संघ धुलाबारीले बुधबार पत्रकार सम्मेलनमा गरी जनाएको छ।

महोत्सवमा भारत, बंगलादेश, भुटान र चीनका व्यापारिक स्टलहरू राखिने छन्। छिमेकी राष्ट्रका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेला गराई सामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष ऋषिराज तिम्सिनाले जनाउनुभयो। उहाँका अनुसार नेपाली उत्पादक, व्यवसायी र अन्य मुलुकका व्यवसायीहरूबीच बिजनेस टु बिजनेस वार्ता गराइनेछ।

यसले नेपाली उत्पादनको वैदेशिक प्रवर्द्धनमा टेवा पुग्ने आशा आयोजकको छ। वाणिज्य संघले यसअघि २०६० र ७० सालमा पूर्वाञ्चलस्तरीय औद्योगिक तथा व्यापार मेला आयोजना गरेको थियो । त्यसबेला पनि बंगलादेश, भारत, चीन र पाकिस्तानका व्यवसायीहरू सहभागी थिए।

महोत्सवमा विदेशका वस्तुहरू र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनका करिब २ सय स्टलहरू राखिने महोत्सव आयोजक समितिका अध्यक्ष भूमि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक लाख जनाले महोत्सव अवलोकन गर्ने र ५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु