फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपति बोल्सोनारोबीच भेटवार्ता

(GMT+08:00) 2019-11-14 16:02:44

स्थानीय समयअनुसार १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, गत महिना राष्ट्रपति बोल्सोनारोले सफलताका साथ चीनको राजकीय भ्रमण गर्नुभयो। उहाँहरूबीचको सहमति सक्दो रूपमा व्यवहारमा उतारिंदैछ। भर्खरै सम्पन्न दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ब्राजिलको कारोबार गत वर्षभन्दा ३.६गुणा वृद्धि भएको छ। चीन र ब्राजिल पूर्वी तथा पश्चिमी गोलार्द्धका सबैभन्दा उदीयमान बजार मुलुक भएकाले दुई देशसँग व्यापक साझा लाभ रहेको छ। उहाँहरूले दुई देशको विकास भविष्य र सहयोगबारे आशावादी रहेको व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा चीन विश्वमा महत्वपूर्ण ठूलो मुलुक हुनुका साथै ब्राजिलका लागि पहिलो ठूलो व्यापारिक साझेदार भएको राष्ट्रपति बोल्सोनारोले बताउनुभयो। ब्राजिलको भविष्यका लागि ब्राजिल र चीनको सहयोगसँग दिन प्रतिदिन महत्वपूर्ण अर्थ रहेको छ। उहाँले चीनको विश्वास र मित्रताका लागि धन्यवाद ज्ञापन गर्नुभयो। दीर्घकालदेखि ब्राजिलले व्यापक क्षेत्रमा चीनसँगको सहयोगलाई सबल पार्ने, परम्परागत मित्रतालाई गहिरो पार्ने र दुई देशका जनतालाई फाइदा पुर्याउनेछ।

वार्तापछि राष्ट्रनायकहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्नुका साथै धेरै द्वीपक्षीय सहयोगका दस्तावेज हस्ताक्षरमा साक्षी बस्नुभयो।

जानकारी तथा लेखहरु