फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेट-वार्ता

(GMT+08:00) 2019-11-14 16:09:31

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको ब्रासिलियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले अर्को वर्ष 'चीन-भारत मानवीय सांस्कृतिक आदानप्रदान वर्ष' र चीन-भारत दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रमको संयुक्त आयोजना गर्दै गैर-सरकारी मित्रताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो। दुवै पक्षले साझा प्रयासमार्फत बहुपक्षीयतावादको पालना गर्दै विश्व व्यापार संगठन केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नुपर्ने विचार पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो। विकासोन्मुख मुलुकको उचित विकास अधिकार तथा ठाउँको संयुक्त संरक्षण गर्दै दुई देशले ब्रिक्स मुलुकबीचको सहयोगलाई अघि बढ्दै जाने आशा पनि सीले गर्नुभएको छ।

सो अवसरमा मोदीले चीनसँगको व्यापार तथा लगानीलाई विस्तार गर्दै उर्जा क्षेत्रमा हुने सहयोगलाई पनि विकास गर्ने इच्छा व्यक्त गर्नुभयो। साथै उहाँले राष्ट्राध्यक्ष सीसँग घनिष्ट आदानप्रदान राख्दै विद्यमान मतभेदको उचित नियन्त्रण गरेर आपसी सम्बन्धमा अझ धेरै उपलब्धि हासिल गर्न र पारस्परिक सम्बन्धलाई नयाँ स्तरमा पुर्याउन पथप्रदर्शन हुने अपेक्षा पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु