फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र रूसी राष्ट्रपति पुटिनबीच भेट-वार्ता

(GMT+08:00) 2019-11-14 16:10:18

स्थानीय समय अनुसार नोभेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले नयाँ युगमा नयाँ कदम चाल्नुपर्छ र अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन तथा आ-आफ्नो देशको विकास र पारस्परिक सहयोगको माग बमोजिम, दुवै पक्षले आपसी सम्बन्धलाई उच्चस्तरमा स्वस्थ तथा सकारात्मक विकास गर्दै दुई देशका जनताको अझ बढी हित-कल्याण सिर्जना गरेर यस क्षेत्र लगायत विश्वलाई लाभान्वित गर्नुपर्ने बताउनुभयो। यस पटकको ब्रिक्स मुलुकका नेतागण वार्ता अन्तर्राष्ट्रिय मूल स्थितिको परिवर्तन तथा विश्वव्यापी संचालनको सुधार भइरहेको निर्णायक घडीमा आयोजना भइरहेको छ र चीन तथा रूसले विभिन्न पक्षबीचको एकताबद्ध सहयोगलाई संयुक्त रूपमा सबल पार्दै ब्रिक्स मुलुकले बहुपक्षीयतावाद, बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्ने सकारात्मक संकेत दिनुपर्ने औंल्याउनुभएको छ।

भेटमा रूसी राष्ट्रपति पुटिनले वर्तमान परिस्थितिमा रूस तथा चीनले रणनैतिक सम्पर्कलाई घनिष्ट पार्दै एक अर्काले आफ्नो सार्वभौमसत्ता तथा सुरक्षा र विकास हक अधिकारको दृढ समर्थन गर्नुपर्ने ठहर गर्नुभएको छ। आगामी वर्ष रूस ब्रिक्स मुलुकको अध्यक्ष मुलुक बन्ने र चीनसँग ब्रिक्स मुलुक सहयोगात्मक प्रणालीको प्रभावलाई ठूलो पार्ने आशा पनि पुटिनले गर्नुभएको छ।

जानकारी तथा लेखहरु