फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आत्मविश्वास तथा दृढ गतिविधिले ब्रिक्स सहयोगलाई गहन पार्ने

(GMT+08:00) 2019-11-14 18:32:20

व्यवसायमा आत्मविश्वास भएमा बजारको जैविक शक्ति हुन्छ। ब्रिक्स मुलुकको नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्ध आगामी चरणमा ब्रिक्स आर्थिक सहयोगको महत्वपूर्ण बिन्दु भएको छ। स्थानीय समयअनुसार १३ तारिख बुधबार चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स बिजनेस फोरमको समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। साथै उहाँका अनुसार, चीनले वैदेशिक खुलापनलाई विस्तार गर्ने अठोटमा कुनै परिवर्तन नगर्नुका साथै दीर्घकालसम्म चिनियाँ अर्थतन्त्र राम्रो दिशातिर विकासको प्रवृत्तिमा निरन्तर रहेर व्यवसायका लागि अझ राम्रो वातावरण सिर्जना गर्नेछ। वर्तमान विश्वव्यापी रूपमा अस्थिरता तथा अनिश्चितता अझ बढेको पृष्ठभूमिमा चीनले विश्वास तथा गतिविधिद्वारा ब्रिक्स सहयोगलाई गहिरो पार्नुका साथै ब्रिक्स मुलुकको साझा विकासलाई प्रोत्साहन गरिरहेको छ।

हाल अर्थतन्त्रको विश्वव्यापीकरणमा केही समस्या भएर संरक्षणवाद तथा गलत नियतको प्रभावमा ब्रिक्स पाँच मुलुकको आर्थिक वृद्धिमा मन्दीको अवस्था देखिन्छ। त्यसैले सरकारलाई व्यवसाय तथा बजारको मागबारे थाहा पाउन र निर्णय स्तरलाई माथि उकास्न सहयोग दिनका लागि राष्ट्राध्यक्ष सीले विभिन्न देशको आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई रोक्ने कठिनाइ र दुखाइका विन्दुहरू पत्ता लगाएर व्यवहारिक समाधानका लागि सुझाव दिनुपर्ने कुरा औल्याउनुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले उद्योग तथा वाणिज्य पक्षलाई सक्रिय रूपमा ब्रिक्स मुलुकको आर्थिक सहयोगमा सहभागी हुनुका साथै अगाडि बढ्ने प्रेरणा दिनुभयो। जसले ब्रिक्स सहयोगलाई बलियो आत्मविश्वास थपेको छ। यो लगानी तथा उद्योगलाई घच्घच्याउन, वृद्धिलाई बढाउन र रोजगारको सिर्जना गर्न सहयोगी भएको छ।

आर्थिक सहयोग ब्रिक्स सहयोग व्यवस्थापनको आधार हो। गत वर्ष दक्षिण अफ्रिकामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले "ब्रिक्स मुलुकको नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्ध"को संयुक्त निर्माण गर्ने विचार प्रस्तुत गर्नुभयो। यो प्रस्ताव उक्त शिखर सम्मेलनको घोषणा-पत्रमा लेखिएको थियो। यो प्रस्ताव नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक परिवर्तन तथा सुधारको चाहनासँग अनुकूल भएर ब्रिक्स मुलुकले नयाँ सहयोगात्मक क्षेत्रलाई व्यापक पार्न, पूरक श्रेष्ठता देखाउन, समन्वय प्रभाव पार्न, नयाँ तथा पूरानो गतिशील उर्जाको रूपान्तरण र उद्योगको रूपान्तरण तथा स्तरोन्तिलाई तीव्र पार्नका लागि सहयोगी भएको छ।

राष्ट्राध्यक्ष सीको सम्बोधनले भविष्यमा ब्रिक्स आर्थिक सहयोगलाई जोडबल र दिशा देखाएको छ। "ब्रिक्स मुलुकको नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्ध" आर्थिक विकास, राजनीतिक सुरक्षा तथा सभ्यताको सहयोग नै ब्रिक्स सहयोगको चौथो मुख्य विषय बन्दैछ।

दोस्रो सुनौलो दश वर्ष सुरू हुन लागेको उपलक्ष्यमा चीनले निरन्तर रुपमा बौद्धिकता तथा धारणा प्रस्तुत गरेर खुला तथा नयाँ सिर्जनशील गतिविधिमार्फत् ब्रिक्स सहयोगलाई अगाडि बढाउनेछ।

जानकारी तथा लेखहरु