फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रूपका निर्देशकद्वारा ब्राजिलका संचारमाध्यमसँग अन्तर्वार्ता

(GMT+08:00) 2019-11-14 18:34:04

नोभेम्बर १२ तारिख ब्राजिलमा प्रकाशन परिमाणमा सबैभन्दा ठूलो समाचारपत्र 'फोल्हा दे साउ पाउलो'ले अन्तर्राष्ट्रिय समाचार पानामा पत्रकार नेल्सन द साले चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङ सँगको विशेष अन्तर्वार्ता आधारित लेख प्रकाशित गरिएको छ। 'मिडिया रिपोर्टमा हङकङ र वास्तविक अवस्थासँग टाढा' शीर्षकको लेखमा निर्देशक शनले पश्चिमी मुलुकका संचारमाध्यमले तथ्यको रिपोर्ट नदिएको विचार व्यक्त गर्नुभएको सो लेखमा उल्लेख गरिएको छ।

विश्वमा सबभन्दा ठूलो मिडिया ग्रूप चाइना मिडिया ग्रूपका निर्देशक शनले सेन्टपाउलोमा बोल्दै हङकङको वर्तमान परिस्थितिलाई हिंसात्मक गतिविधि भन्न मिल्ने र ती गतिविधिहरू जुलूस प्रदर्शन मात्र नभएको ठहर गर्नुभएको सो लेखमा जनाइएको छ।

निर्देशक शन राष्ट्राध्यक्ष सीको साथमा १३ तारिख ब्रासिलिया पुग्नुभएको हो। सेन्टपाउलोमा निर्देशक शनले ब्राजिलको जोआउ कार्लोस साद मिडिया ग्रूपसँगको सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभयो। सो सम्झौतामा विषय बाँड्ने र आगामी दिनमा प्रसारण एक कार्यक्रमको संयुक्त सम्पादन गर्ने भन्ने रहेको छ।

जानकारी तथा लेखहरु