फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्चौ र नेपालबीच व्यापारिक सम्पर्क बढाउने महावाणिज्यदूतको भनाइ

(GMT+08:00) 2019-11-15 15:49:16

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र जनगणतन्त्र चीनको क्वाङ्चौका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीबीच चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ। सो कार्यक्रममा महावाणिज्यदूत पुडासैनीले आफूले जनगणतन्त्र चीनको क्वाङ्चौ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता जनाउनुभयो।

आफ्नो कार्यकालमा आर्थिक कूटनीतिकको माध्यमद्वारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रवर्द्धनमा जोड दिने बताउँदै उहाँले आवश्यकताअनुसार क्वाङ्चौमा नेपाल वायुसेवा निगमको सेवा सुरु गर्नेमा जोड दिनुभयो। आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपालखबर अनलाइनले जनाएको छ।

भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक-व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन मेला, जनगणतन्त्र चीनको क्वाङ्चौका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावनासम्बन्धी सूचना आदानप्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न त्यहाँका सम्भाव्य आयातकर्तासँग अन्तर्क्रिया गराउन पहल गर्न पुडासैनीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले चीनको जनगणतन्त्र चीनको क्वाङ्चौ लगायत विभिन्न राज्यबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु