फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हपेइ प्रान्त र नेपालको उद्योग वाणिज्य संस्थाबीच समझदारी

(GMT+08:00) 2019-11-15 15:50:33

हपेइ प्रादेशिक उद्योग तथा वाणिज्य महासंघ र नेपाल चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एकापसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचना आदान प्रदान गर्ने उल्लेख गरिएको छ।

संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजीले संघको अगुवाइमा दुईपक्षीय आर्थिक तथा लगानी प्रवर्द्धन, पर्यटन, कृषिको विकास गर्ने उद्देश्यले भएको र हालसम ३३ वटा चिनियाँ व्यावसायिक संघसंस्थासँग संघले समझदारी पत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको जानकारी गराउनुभयो। उहाँका अनुसार लगानीका लागि पर्यटन, कृषि, जलस्रोत तथा पूर्वाधार उपयुक्त क्षेत्र रहेको छ।

हपेइ प्रादेशिक उद्योग तथा वाणिज्य महासंघ अध्यक्ष लुई सानी हपेइ प्रान्तले विशेषगरी कृषि उत्पादनमा प्रख्यात रहेको बताउँदै नेपालमा लगानीका लागि अध्ययन गर्न आएको बताउनुभयो। सानीले समझदारीबाट दुई संस्था अझ नजिक भएको र भविष्यमा एकआपसमा सूचना विस्तार गरी सहकार्य गर्ने बताउनुभयो।

नागरिकन्यूज डटकमका अनुसार व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदानमार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइलाई आपसी समझदारीमा समाधान गर्नेछ। साथै दुई सहरबीच आर्थिक, व्यापार, संस्कृति, पर्यटन, शिक्षाका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने समेत उल्लेख छ।

जानकारी तथा लेखहरु