फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकलक्षित नेपाली ट्याक्सी चालकलाई व्यवहार सम्बन्धी तालिम दिइँदै

(GMT+08:00) 2019-11-15 15:52:08

सरकारले काठमाडौंका ट्याक्सी चालकलाई विदेशी पर्यटकलाई गर्ने व्यवहारसम्बन्धी तालिम दिने भएको छ।

नेपाल आएका विदेशी पाहुनालाई गर्ने व्यवहार, सत्कार र सम्मानबारे तालिम दिन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा सञ्चालित सार्वजनिक गाडीमा अब भ्रमण वर्षको प्रचार सामग्री टाँसिने छ।

बिहीबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यातायात व्यवसायीलाई भ्रमण वर्ष २०२० को स्टीकरलगायतका सामग्री हस्तान्तरण गर्नुभयो।

अनलाइन खबरका अनुसार मन्त्री भट्टराईका अनुसार करीव ३ लाख सार्वजनिक सवारीमा अब नेपाल भ्रमण वर्षका प्रचार सामग्री टाँसिनेछ। चालक र सहचालकलाई सरसफाइसम्बन्धी तालिमसमेत दिने तयारी भ्रमण वर्ष सचिवालयले गरेको छ।

जानकारी तथा लेखहरु