फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला उद्यमी भेला–२०७६' हुने

(GMT+08:00) 2019-11-16 14:02:36

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न 'महिला उद्यमी भेला–२०७६' हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

आयोजकले शुक्रबार पत्रकारसँगको भेटघाट कार्यक्रममा सो विषयमा जानकारी गराएको हो। भेलामा सातवटै प्रदेशबाट साना तथा मझौला गरी एक हजार महिला उद्यमीको सहभागिता रहने आयोजकको दाबी छ। ग्रामीण तथा सहरी महिला उद्यमीलाई एउटै थलोमा उपस्थित गराएर उद्यमलाई प्रोत्साहन गर्न भेलाको आयोजना गर्न लागिएको महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शारदा रिजालले बताउनुभयो।

उनका अनुसार कार्यक्रममा मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न महिला उद्यमीले खेलेको भूमिका तथा योगदानबारे छलफल हुनेछ। महिला उद्यमीले उत्पादन गरेका वस्तु निर्यात गर्न सहज र सुविधायुक्त वातावरण सिर्जना गर्न महासंघले सघाउँदै आएको छ।

भेलामा 'महिला उद्यमी: आर्थिक परिवर्तनका संवाहक' व्यापार सन्तुल तथा व्यावसायिक वातावरण तयार पार्दै महिला उद्यमशीलतामा लगानीलगायत विषयमा छलफल गर्ने योजना रहेको छ। कार्यक्रममा सूचना र प्रविधि, जलविद्युत्, कृषि, पर्यटन, हस्तकलाका क्षेत्रमा योगदान पुर्याएका महिला उद्यमी, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघलगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुने नागरिकन्यू डटकमका खबर छ।

जानकारी तथा लेखहरु