फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपाल र तिब्बत जोडिने मार्गमा रहेका चट्टान हटाउन बाँकी

(GMT+08:00) 2019-11-17 14:42:00

सडक सञ्जालमार्फत कर्णालीलाई तिब्बतसँग जोड्ने गरी सरकारले बनाउन लागेका सडकमा पर्ने भीर र कडा चट्टान हटाउन गाह्रो भएको छ। ९५ किमिको हिल्सा–सिमकोट, ६५ किमिको दुनै–धो र ९६ किमि दूरीको गमगढी–नाक्चालाग्ना सडक निर्माणका लागि बर्सेनि रकम विनियोजन भइरहेको छ । तर उक्त खण्डका धेरै ठाउँमा कठिन भूगोल र कडा चट्टान चुनौती बनेका छन् ।

संघीय सरकारले मुगुको गमगढी हुँदै नाक्चानाग्ला, हुम्लाको सिमकोट हुँदै हिल्सा र डोल्पाको दुनै–धो हुँदै मरिम्ला जोड्न सडक निर्माण गर्दै छ । यी सबै सडक त्रिदेशीय हुन् । यी सडकका अधिकांश खण्डको डीपीआर सकिएको छ । भारतको जमुनाहा नाकाबाट सुर्खेत, दैलेख, कालीकोट, मुगु हुँदै तिब्बतको नाम्चेनाग्ला जोड्ने सडकमा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित थाइलभीर मुख्य चुनौतीका रूपमा देखिएको छ । माँगु, टाँड, ढुङ्गेधारालगायत भीर फोर्न पनि उत्तिकै समस्या छ । पाँच सय मिटर लामो चट्टानका कारण सडकको ट्र्याक खोल्न कठिन भएको छ । सिमकोट–हिल्सा सडकको छ्याछडा भीर फोर्नुपरेका कारण सडक निर्माणको काम करिब दुई वर्ष रोकियो । अहिले सडक निर्माण अन्तिम चरणमा छ । डोल्पाबाट मरिम्ला नाका जोड्ने क्रममा एकतिहाइ भागमा कडा चट्टान छ ।

दुनैबाट धो र मरिम्ला नाका जोड्न करिब ४० किमि क्षेत्रमा भीर फोर्नुपर्ने देखिएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो। उक्त सडकको मरिमदेखि धोतर्फ र दुनैको केही क्षेत्रमा बलौटे माटो रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।

यो सडक निर्माणका क्रममा जाजरकोट खण्डमा मन्मै, मैदे, रग्दा, रातोभीर, रुकुममा च्याल्सेगौडा, मन्काबगर, डोल्पामा साङ्ले, करबाड, शिरविन्डे, तपतपेलगायत कडा चट्टानयुक्त भीर फुटाइएको थियो । ती भीर तीनदेखि पाँच सय मिटर लामा थिए । पहाडीको नेतृत्वमा सल्ली–चौरजहारी र छिन्चु–जाजरकोट सडक निर्माणको कामसमेत सकिएको थियो ।

जाजरकोट–दुनै सडकखण्डको एक सय १८ किमि ट्र्याक खुलिसकेको छ भने दुनै–धोको डीपीआर स्वीकृत भइसकेको छ । जाजरकोट–दुनै सडकखण्डको एक सय १८ किमिमा ट्र्याक खुलेपछि सडक निर्माणले गति लिएको हो । पासाघाट–चिसापानीअन्तर्गत २८ किमि दूरीमा १५ पुलको डीपीआर स्वीकृत भइसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो। यो सडक निर्माण भए चिनियाँ सीमासँग डोल्पासहित रुकुम र जाजरकोट जोडिनेछन् । दुनैदेखि धोसम्म जोड्ने सडकको दूरी ६२ किमि छ ।

धोदेखि मरिम्लापाससम्म भने ६५ किमि दूरी रहेको भट्टले जानकारी दिए । यो सडक खण्डको ५५ किलोमिटर ट्र्याक खुलिसकेको छ । हुम्लाको हिल्सा–सिमकोट सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

चिनियाँ सीमासँग कर्णालीलाई जोड्ने अर्को सडक हो– मुगुस्थित गमगढी–नाक्चालाग्ना सडक । ९६ किलोमिटर दूरीमा पनि सडकको ट्र्याक खोल्ने काम जारी रहेको सडक विभागले बताएको छ ।

जानकारी तथा लेखहरु