फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको भनाईप्रति हङकङ समाजको विश्वास

(GMT+08:00) 2019-11-17 17:55:30

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान हङकङको परिस्थितिबारे चीन सरकारको गम्भीर अडानबारे स्पष्ट पार्नुभयो। हङकङका मुख्य सञ्चार माध्यम र समाजका विभिन्न पक्षले १६ तारिख राष्ट्राध्यक्ष सीको भनाईबाट हङकङ समाजको विश्वास बढेर हङकङले केन्द्रको सक्रिय मूल्यांकन तथा विश्वासलाई शक्तिमा बदल्ने कुरा व्यक्त गरेका छन्।

"टा कुंग पाओ" नामक अखबारमा विद्रोह तथा हिंसा बन्द गर्नु हङकङको सबैभन्दा ठूलो लाभ हो, जनमतको इच्छा हो र हङकङका लागि केन्द्रिय सरकारको अनुरोध हो भन्ने टिप्पणी प्रकाशित भएको छ। विशेष प्रशासनिक सरकारले केन्दको सक्रिय मूल्यांकन तथा विश्वासलाई विद्रोह तथा हिंसा बन्द गर्ने शक्ति बनाउने आशा गरेको छ।

राष्ट्राध्यक्ष सीको भनाई विशेष प्रशासनिक क्षेत्रका शासक तथा सरकारलाई दिएको बलियो समर्थन मात्र नभई व्यापक सर्वसाधारणका लागि प्रोत्साहन र हिंसात्मक तत्व र उनीहरूका समर्थक शक्तिका लागि कडा चुनौती पनि हुन्। जसले विशेष प्रशासनिक क्षेत्रीय सरकार र समाजलाई विश्वास र शक्ति थपेको टिप्पणी "वन ह्वी पाओ" नामक अखवारबाट सार्वजनिक भएको छ।

हङकङको सुधार तथा प्रगतिका लागि लोकतान्त्रिक गठबन्धनले वक्तव्य प्रकाशित गरेर राष्ट्राध्यक्ष सीको भनाईबाट केन्द्रिय सरकारले "एक देश दुई व्यवस्था"को कार्यान्वयन गर्ने र बाहिरी शक्तिको हस्तक्षेपको विरोध गर्ने सुदृढ अठोट देखाइएको कुरा व्यक्त गरेको छ।

विद्रोह तथा हिंसा बन्द गर्ने सबैभन्दा जरूरी कार्य पूरा गर्नका लागि विशेष प्रशासनिक क्षेत्रीय सरकार, प्रहरी र कानूनी संस्थाले एकीकृत रूपमा समन्वय गरी प्रयास गर्नुपर्ने कुरा राष्ट्रिय जन काँग्रेसका हङकङका प्रतिनिधि यान पाउलिङले बताउनुभएको छ।

जानकारी तथा लेखहरु