फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्वतारोहण यात्राका लागि नेपाल एसियाकै सर्वोत्कृष्ट गन्तव्य

(GMT+08:00) 2019-11-27 13:24:54
पर्वतारोहण यात्राका लागि नेपाल एसियाकै सर्वोत्कृष्ट गन्तव्य चुनिएको छ। मलेसियामा नेपालले पर्वतारोहण यात्राको लागि 'कन्ट्री अफ द इयर' अवार्ड हात पारेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ।

आरएचए मिडियाले आयोजना गरेको 'टप एसिया कर्पोरेट बल २०१९' कार्यक्रममा पर्वतारोहण यात्राको उत्कृष्ट गन्तव्यमा नेपाल चुनिएको हो।

विविध अनुसन्धान सर्वेक्षणपछि चुनिएका पाँच एसियाली देशमा नेपालले अवार्ड पाएको नेपालखबर अनलाइनले जनाएको छ।

उक्त अवार्ड मलेसियाको पर्यटन, कला एवं संस्कृति उपमन्त्री वाईबी तुआन मुहम्मद बक्तर बिन वान चिकले मलेसियाका लागि नेपाली राजदूतलाई प्रदान गरेका हुन्। क्वालालम्पुरमा रहेको शांग्रिला होटलमा शुक्रबार आयोजित विशेष समारोहमा अवार्ड प्रदान गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ।

समारोहमा मलेसियाली मन्त्रीहरु, राजपरिवार, कम्पनीका सीईओलगायतको उपस्थिति रहेको थियो।

'द टप १० अफ एसिया' एउटा अंग्रेजी म्यागजिन हो। यसको प्रकाशन रिसर्च हाउस अफ एसिया (आरएचए)ले गर्दै आएको छ।

जानकारी तथा लेखहरु