फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन वर्षभित्र चीनबाट इन्धन ल्याइने वाणिज्य तथा आपूर्तिमन्त्रीको दाबी

(GMT+08:00) 2019-11-27 13:25:41
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट इन्धन ल्याउने दाबी गर्नुभएको छ। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत इन्धन ल्याउने दाबी गर्नुभएको अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

'प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रूपमा रहन्छु, चीनबाट पाइपलाइनमा तेल ल्याउछु। यो सपना हामी पूरा गरेर छोड्छौं। यसका लागि हामी सबै सामूहिक दायित्वबाट जानुपर्छ', दाबी गर्दै उहाँले भन्नुभयो। नाकाबन्दीको समयमा चीनबाट इन्धन ल्याउने विषय निकै चर्चामा आएको थियो। तर सरकार परिवर्तनसँगै उक्त चर्चा सेलाएको थियो।

मन्त्री भट्टले औद्योगिक वातावरण बनाएर कुल ग्राहस्थ उत्पादनमा अहिलेभन्दा दोब्बर योगदान पुर्‍याउने दाबी गर्नुभयो। पछिल्लो समयमा मुलुकको व्यापार घाटा उल्लेख्य परिमाणमा कम भइरहेको चर्चा गर्दै मन्त्री भट्टले यतिमै आफूलाई सन्तुष्टि नहुने जानकारी दिनुभयो। उहाँले कृषिजन्य वस्तुको उत्पादनमा पूर्णआत्मनिर्भर र उद्योगमैत्री वातावरण नबन्दासम्म पूर्णरूपमा व्यापार घाटा न्यून गर्न नसकिने बताउनुभयो। उहाँका अनुसार नेपाल सिमेन्ट, बिजुली, माछा, मासु र छडमा आत्मनिर्भर भइसकेको छ।

जानकारी तथा लेखहरु