फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा चिनियाँ टोलीको स्वास्थ्य शिविर

(GMT+08:00) 2019-11-29 14:27:11

चिनियाँ मेडिकल टोलीले पोखरामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा खटिरहेका नेपाली र चिनियाँ कर्मचारी तथा मजदुरको दुई दिने निशुल्क स्वास्थ्य जाँच बिहीबारदेखि सुरु भएको अन्नपूर्णपोस्टले लेखेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाली र चिनियाँ गरी चार सय खटिएका छन्। चीनको ख्हपै प्रान्तस्थित ख्हपै मेडिकल युनिर्भसिटीका टिम लिडर डा. ल्यूसहितका १७ जना चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका हुन्। टोलीले पेट, नाक, कान, घाँटी, थाइराइट, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया चेकजाँच गरेको जनसम्पर्क अधिकारी महेन्द्र ओझाले जानकारी दिए।

निशुल्क स्वस्थ्य जाँचपछि निशुल्क औषधि पनि बिरामीलाई उपलब्ध गराएको मेडिकल टोलीका टिम लिडर डाक्टर ल्युले जानकारी दिए। यस अघि यो टोलीले पोखराको लेकसाइडमा मंसिर ९ र १० गते लेकसाइडमा पनि निशुल्क स्वास्थ्य शिविर गरेको थियो। चिनियाँ सरकारको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजन भएको हो। नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै आएको डा ल्युले जानकारी दिए।

टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधि सेवन गर्नुपर्ने या ठूलो अप्रेसन नै गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा जान सल्लाहसमेत दिएको टोलीका संयोजकले जानकारी दिए। १२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनले सुनाए।

जानकारी तथा लेखहरु