फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आज उपनिर्वाचनका विभिन्न क्षेत्रमा मतदान

(GMT+08:00) 2019-11-30 14:16:10

नेपालका विभिन्न रिक्त पदका लागि शनिबार उपनिर्वाचनको मतदान भएको छ। देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरू विहानै मतदान केन्द्रमा लाइन लागेका थिए। बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

देशका सबै मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो। उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्।

गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो। उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुनुहुन्थ्यो। प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि उपनिर्वाचन हुँदैछ। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदैछ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्। जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्पm ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ। आठसय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३३७ छन् भने आठसयभन्दा कम मतदाता रहेका केन्द्र दुई सय छन्।

मतदानका लागि ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र छन्। प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्पm ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान छन्।

उपनिर्वाचनमा दुई लाख ३३ हजार ४०२ महिला, दुई लाख २० हजार ७१० पुरुष र अन्य २ जना गरी जम्मा चार लाख ५४ हजार ११४ जना पुराना र १६ हजार २१९ जना नयाँ मतदाता थपिएका छन्।

प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार ८७१, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३५ हजार १८४ र ६८ हजार ७१९ जना गरी दुई लाख २० हजार ७८९ मतदाता कायम भएका छन्। यसैगरी, स्थानीय तहतर्पm दुई लाख ३३ हजार ३२५ जना मतदाता छन्।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्पm ११, प्रदेश सभा सदस्यतर्पm १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्। प्रतिनिधि सभातर्पm राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्पm राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सुरक्षाकर्मीबाहेक उपनिर्वाचन सम्पन्न गर्न जम्मा ५ हजार ३६४ जना कर्मचारी खटिएका छन्।

कैद सजायँदेखि लाखसम्म जरिवाना

मतदान कार्यमा अवरोध गर्ने, जबर्जस्ती गर्ने कुनै सोच बनाउनु भएको छ भने त्यो विचार छाडिहाल्नुस् नत्र कानुनको फन्दामा पर्न सक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ ले मतदान प्रक्रियामा अवरोध गर्ने वा मतदान कार्यलाई बिथोल्नेलाई कडा कानुनी कारबाही हुने स्पष्ट व्यवस्था गरेको छ।

कसैले पनि मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मत पत्र बिगार्न वा नष्ट गराउने कुनै पनि प्रकारका क्रियाकलाप गरेमा त्यस्तो व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनले व्यवस्था गरेको छ।

मतदानको क्रममा मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने, मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने मतदान केन्द्रमा रहेको राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत नभएको पहिरन, परिचयपत्र र व्याच मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नपाइने प्रावधान छ। तर शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन मात्र प्रयोग गर्न सकिने जानकारी आयोगले दिएको छ।

आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पाइने छैन। साथै मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट बन्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन पाइने छैन। कोही कसैले त्यसो गरेको पाइएमा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने छ।

मतदानको अधिकार बिना मतदान गर्न नपाइने व्यवस्था गरेको छ। अर्को मतदाताको नामको मतपत्र बुझेर लिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन। त्यसरी मतपत्र बुझिलिएको र मतदान गरेको पाइएमा त्यस्ता व्यक्तिलाई मतदान अधिकृतले ठाउँका ठाउँ २५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी मतदान गर्न हुँदैन यसरी मतदान गरेको पाइएमा त्यस्तो व्यक्तिलाई पनि २५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने अधिकार मतदान अधिकृतलाई छ। कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन।

यही त्यस्तो कार्य गरको पाइएमा मतदान अधिकृतले १५ हजार रुपियाँसम्म जरिवाना गर्ने अधिकार कानुनले प्रदान गरेको छ। कसैले पनि मत पत्रबाहेक अन्य कुनै बस्तु मतपेटिका भित्र खसाल्न र राख्न हुँदैन। कोही कसैले यदी त्यस्तो गरेमा त्यस्तो व्यक्तिलाई पनि मतदान अधिकृतले १५ हजार जरिवाना हुनेछ।

जानकारी तथा लेखहरु