फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मंसिर १५ देखि काठमाडौँमा १३ औँ साग खेलदूक प्रतियोगिता

(GMT+08:00) 2019-11-30 14:16:39

मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा हुँदै छ। नेपालले आफ्नो घरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्न लागेको यो तेस्रोपटक हो। नेपालमा पहिलोपटक सन् १९८४ र दोस्रोपटक सन् १९९९ मा यो खेल आयोजना गरिएको थियो। यसपटक यो प्रतियोगिता पोखरा र जनकपुर सहरमा पनि हुँदै गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

खेल उद्घाटन हुने दिनसम्म पनि सागको तयारी जारी छ। प्रतियोगिता सञ्चालनका लागि तीन अर्ब ६५ करोडको बजेट विनियोजन हुँदा सदाझैँ अर्थ मन्त्रालयको कचकच त बेहोर्नुपर्‍यो। तर, मन्त्रिपरिषद्ले 'फास्ट ट्र्याक'बाट सामग्री खरिद गर्ने बाटो खुलाइदिएपछि बजेट परिचालन समस्या रहेन। खर्चको व्यवस्थापन र पारदर्शिताबारे पछि समीक्षा होला नै। खेलस्थल निर्माण, पूर्वाधार तयारीमा भने आयोजक समितिलाई हम्मेहम्मे परेको छ। समुद्रीमार्ग भएर ल्याइने पारापिट 'एअर कार्गो'बाट मगाइएको छ। नयाँ 'सिन्थेटिक ट्र्याक' ओछ्याइएको मैदानमा हरियो घाँस र नयाँ सिटले रङ्गशालाको मुहार फेरिएको छ।

भारतको कलकत्ताबाट मगाइएको बर्मुडा दुबोले भने दुःख दियो। भारतीय पक्षबाट भन्सारमा चार दिनसम्म यो दुबो रोकिँदा ५० प्रतिशत मरिसकेकाले थप मगाइयो। प्रतियोगिता सफल पार्न सबैले मिहिनेत गरिरहेका छन्। तथापि, एउटा प्रश्न त उठ्छ नै फेब्रुअरी २०१६ मा सागको १२औँ प्रतियोगिताको समापनमा भारतको गुवाहाटीबाट झन्डा बोकेर आएको नेपालले समयमै तयारी किन गर्न सकेन ? त्यसपछि तीनपटक मिति किन सरेको होला ?

दक्षिण एसियाली राष्ट्रबीच खेलकुद प्रतियोगिता होस् भन्ने कुरा पहिलेदेखि उठिरहेको थियो। राजनीतिक रूपमा खेलकुदलाई प्रयोग गर्ने कुरा त्यसबेलाको यथार्थ भए पनि खेलकुदको विकास र विस्तारमा पनि उल्लेखनीय कामका थालनी पनि उतिबेला भएको हो। पहिलेका सबै खराब अहिलेका सबै राम्रा अथवा पहिलेका सबै राम्रो अहिलेका सबै खराब भन्नु उचित हुँदैन। तत्कालीन नेपाल ओलम्पिक कमिटी तथा राखेपका कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ भन्नुहुन्छ, 'साफ गठनमा शरद शाहको योगदान बिर्सन हुन्न।' शाहसँग 'लभ एन्ड हेट' को सम्बन्ध भएका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रथम साफमा रजतपदक विजेता प्रकाशधर तुलाधरको विचारमा त्यो स्वर्णयुग थियो।

बक्सिङमै दुई–दुईजना विदेशी प्रशिक्षक थिए। पदक पनि आइरहेको थियो। अहिले जो पार्टी नजिक छ, उही प्रशिक्षक हुनेजस्तो परिपाटी देखिएको छ। खेलकुदलाई पञ्चायतको पक्षमा परिचालन गर्ने शाहको कमजोरी भए पनि खेलकुदमा उहाँको योगदान पनि उत्तिकै छ।

जानकारी तथा लेखहरु