फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेकपा अध्यक्ष प्रचण्डद्वारा चीनको भ्रमण गर्नुहुने

(GMT+08:00) 2019-12-01 14:00:39

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ताले चीनको भ्रमण गर्ने भएका छन्। यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताएको गोरखापत्र अनलाइनले लेखेको छ।

पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीको एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी गराएका छन्। चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम जानकारीमा आएको समेत उनले बताए।

यसअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्नुभएको थियो भने चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग नेपालमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिसकेको छ। सोही अन्तरक्रिया कार्यक्रमअन्तर्गत नेकपा नेताहरूको भ्रमण हुन लागेको हो। साथै अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफूले एक टोलीको नेतृत्व गर्दै चीन जान लागेको जानकारी गराउनुभएको थियो।

जानकारी तथा लेखहरु