फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई बच्चाकी आमा आयशाद्वारा एकै दिन दुई स्वर्ण हासिल

(GMT+08:00) 2019-12-03 14:03:49

१२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउनुहुन्छ भन्ने कमैले सोचेका थिए। उहाँ आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन। उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो। तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रच्नु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

यसपटक उहाँले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जित्नु भएको हो। सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ। त्यस्तै, सागमा महिलातर्फ सर्वाधिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उहाँले आफ्नो स्वर्ण संख्या ३ पुर्‍याउनु भएको छ। '१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,' सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भन्नुभयो, 'धेरैले सुझाव दिन्थ्यें। खेल्न छाडेर बच्चा हुर्काउन लाग। तर दीपकले सधैं हौस्याँइरहे।'

उहाँका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुनुहुन्छ, जसले लगातार चार संस्करणमा चार स्वर्ण जित्नु भएको छ। विष्ट अहिले प्रशिक्षक हुनुहुन्छ। आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा 'गेरुगी' छाडेर 'पुम्से' विधा रोज्न लगाउनु भएको हो। ' यो मेरो एक्लो उपलब्धी होइन। मेरो सर्वाधिक ठूलो सफलताको सारथी नै दीपक हुन्,' दोहोरो स्वर्ण जितेपछि यति भन्दै उहाँ रुन थाल्नुभयो। दुई छोरा आदिश र आधारलाई डोहोर्‍याउँदै दीपक आयशालाई बधाई दिन आउनुभयो, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन। 'मजस्ता धेरै आमाहरूलाई यसले सफलताका लागि हौसला र आँट मिलोस्। यो मेरो जीवनकै अद्भूत भोगाई हो,' आँशु पुछ्दै उहाँले भन्नुभयो,' रातदिन मेहिनत गरेको थिएँ। सपना पूरा हुँदा मलाई कहाँबाट कहाँ पुगेजस्तो महसुस भइरहेको छ।'

जानकारी तथा लेखहरु