फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइएफआरसीको महासचिव पदमा नेपाली जगन चापागाईं चयन

(GMT+08:00) 2019-12-04 15:41:15

विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा नेपालका जगन चापागाईं छानिनुभएको छ। उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुने राष्ट्रिय समाचार समितिले लेखेको छ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनियर चापागाईं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ। देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ। नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन्।

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले मङ्गलबार जनाएको छ। उहाँले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाईं महासचिव पदमा छानिनुभएको बैठकमा जानकारी दिनुभएको थियो। यसअघि सो पदमा इलाड सई कार्यरत हुनुहुन्थ्यो। विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

जानकारी तथा लेखहरु