फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१३ औं सागको दोस्रो दिनसम्म अंक तालिकाको शीर्ष स्थानमा नेपाल

(GMT+08:00) 2019-12-04 15:42:58

काठमाडौँमा चालु १३ औं दक्षिण एसियाली खेलकुदको दोश्रो दिन हिजो मंगलबारका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले मंगलबार साँझसम्ममा २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा रहेको सेतोपाटी अनलाइनले लेखेको छ।

नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात पारेको छ। भारत दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको श्रीलङ्काले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ। सबैभन्दा धेरै ४६ मेडल श्रीलङ्काले जितेको छ।

पाकिस्तान र बंगलादेशले समान ४ - ४ स्वर्ण जितेका छन्। पाकिस्तानले ११ रजत र १२ कास्य सहित २७ मेडल जितेको छ। जबकी बंगलादेशले ४ रजत र २० कास्य सहित २८ मेडल हात पारेको छ। माल्दिभस्ले आजको खेल सकिदाँसम्म १ मात्र मेडल स्वर्ण जितेको छ।

खेल तालिकाको पुछारमा रहेको भुटानले भने ३ कास्य मात्र जितेको छ। उसले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

जानकारी तथा लेखहरु