फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली खेलाडी निमाद्वारा सागमा लगातार स्वर्ण जितेर इतिहास सिर्जना

(GMT+08:00) 2019-12-05 14:15:26

काठमाडौँमा चालु १३औं सागमा नेपाली खेलाडी निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जित्नु भएको छ। पहिलो राउन्डमा ९.१३ अंक जोड्नु भएकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याउनुभयो। निमाले समग्रमा १८.९१ अंक प्राप्त गर्नुभयो। यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य पदक प्राप्त गर्नुभयो।

योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जित्नुभयो। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बन्नु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन्। त्यो नेपालले जितेको तीन स्वर्ण मध्ये एक थियो। जारी सागमा भने नेपालको यो ३०औं स्वर्ण हो।

जानकारी तथा लेखहरु