फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल एयरलाइन्सलाई चीनद्वारा क्वाङचौमा उडान गर्न अनुमति प्रदान

(GMT+08:00) 2019-12-06 13:55:54

चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ। नेपाल एयरलाइन्सले चीनको क्वाङचौमा उडान बिस्तारका लागि अनुमति मागेको थियो। नेपाल सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ। यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताए पनि पछि त्यो आवश्यक ठानेन।

अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार-प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा छ। 'हामी चीनमा रित्तो जहाज उडाउनु नपरोस भन्ने चाहन्छौं,' ज्वारचनले भन्नुभयो, 'सोहीअनुसार तयारीको समय राखेर क्वाङचौ उडानको मिति सार्वजनिक गर्छौं।'

निगमसँग अहिले ४ वटा जहाज छन्। ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने उहाँले बताउनुभयो।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ। उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान रहेको छ। नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची नहे पनि चीनको अनुमति प्राप्त भएको हो।

जानकारी तथा लेखहरु