फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अभिनेत्रीलाई बर्दियामा भव्य स्वागत

(GMT+08:00) 2019-12-09 15:48:06
नेपाल पर्यटन वर्ष २०२० को सद्भावना दूतका रुपमा नेपाल आएकी चिनियाँ अभिनेत्री सु छिङलाई बर्दियामा भव्य स्वागत गरिएको छ। पर्यटकिय गन्तव्य भ्रमणका क्रममा बर्दिया आईपुगेकी अभिनेत्रीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्ज गेटमा भव्य स्वागत गरिएको अन्नपूर्णपोस्टले लेखेको छ।

चिनियाँ अभिनेत्रीलाई निकुञ्ज बर्दिया निकुञ्जमा भ्रमण गराउन पाउँदा बर्दियावासी धेरै हर्षित बनेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। प्रसिद्ध अभिनेत्रीको नेपाल भ्रमणले पर्यटन वर्षका लागि धेरै राम्रो सन्देश प्रवाह गर्ने पनि उनले बताए। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अभिनेत्रीलाई स्वागत गर्दै चीन-नेपालबीचको सम्बन्ध समेत प्रगाढ बनाउन भ्रमण महत्वपूर्ण हुने बताएका छन्।

बर्दिया आएकी छिङले नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउँदै पर्यटन प्रर्बद्धनमा समेत आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले बर्दियाको बाँसगढी स्थित ओम्केदारेश्वर धाम, बारबर्दिया नगरपालिका स्थित सत्खलुवा ताललगायत बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेकी छिन्। समाजसेवी हरिश गौतमले अभिनेत्रीलाई पर्यटकिय गन्तव्यको अवलोकनका साथै स्थानीय थारु संस्कृति, भेषभुषा, परिकारलगायत नृत्यहरु अवलोकन गराइएको बताए।

जानकारी तथा लेखहरु