फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै

(GMT+08:00) 2019-12-09 16:01:04

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको छ। श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको कारोबार दैनिकले लेखेको छ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ। अघिल्लो वर्षकोतथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारकोसंख्या भने १ हजार ३०५ रहेको थियो। गत वर्षको तुलनामा यो वर्ष १७८ जना बढी विदेशीले नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। गत वर्षको ६ महिनाको तुलनामा विदेशीले लिने श्रम स्वीकृति नवीकरणसमेत ८ प्रतिशतले वृद्धि भएर ५९० पुगेको छ। यो संख्या गत वर्ष ५४५ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।

नेपालमा विगत केही वर्षयता ठूला परियोजना र अन्य विकास निर्माणका काम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको माग बढेको हो। आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ। यसमध्ये पनि अघिल्लो आवमा १ हजार ३५ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृतिनवीकरण गरिएको थियो। यस्तै, गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्वीकृति दिएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकृतिनवीकरण गरिएको थियो।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजानिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन्। विभागका प्रवक्ता सूर्यप्रसाद उपाध्यायका अनुसार नेपालमा श्रम स्वीकृतिका लागि निवदेन दिएर अनुमति पाएका विदेशी नागरिकको संख्यामा २०७४ देखि सीमा तोकिएकाले अब स्वीकृति लिने विदेशीको संख्यामा कमी आउने उनले बताए। नेपालमा रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिने आधाभन्दा बढी चिनियाँ रहेका छन्। नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनाको कामका लागि चिनियाँ नागरिकले धेरै श्रम स्वीकृति लिएका छन्।

जानकारी तथा लेखहरु