फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी कूटनीतिज्ञद्वारा चीन-अमेरिका आर्थिक व्यापारिक वार्ताको पहिलो चरणको सम्झौता सम्पन्न भएकोमा स्वागत

(GMT+08:00) 2019-12-14 19:17:55

अमेरिकी एशिया समितिका मानार्थ अध्यक्ष निकोलस प्लेटले १२ तारिख न्यूयोर्कमा चीन-अमेरिका आर्थिक व्यापारिक वार्ताको पहिलो चरणको सम्झौता सम्पन्न भएको अवसरमा स्वागत व्यक्त गर्नुभएको छ।

निकोलस प्लेट अमेरिकी प्रसिद्ध कूटनीतिज्ञ हुनुहुन्छ। उहाँले धरैवर्ष अगाडि अमेरिकी पूर्व राष्ट्रपति रिचर्ड निक्सनका साथमा चीनको भ्रमण गर्नुभएको थियो। चीन र अमेरिका दुवै पक्षले पहिलो चरणको आर्थिक व्यापारिक सम्झौताबारे मतैक्य प्राप्त गर्नुका साथै रचनात्मक पाइला चालेको पनि उहाँले औँल्याउनुभएको छ।

चीन र अमेरिका दुवै पक्षले यस सुअवसरको सदुपयोग गरी द्विपक्षीय सम्बन्धलाई निरन्तर रुपमा विकसित पार्दै जाने विषयबारे सोच-विचार गर्नसक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु