फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा नेपाल भ्रमण वर्ष २०२० मनाइने

(GMT+08:00) 2019-12-15 15:52:07

चीनको हङकङमा नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० मनाउने भएका छन्। त्यसका लागि त्यहाँ भएका संघसंस्थाहरु जुटेका छन्। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन समिति गठन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरीमा हुने बताइएको छ।

नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ भने नेपाल बायुसेवा निगम पनि सहआयोजक रहेको छ। त्यस्तै सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ छ।

बसमा नेपाल भ्रमण वर्ष प्रवर्द्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टामा हङकङ साइट घुम्ने कार्यक्रम रहेको छ। नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको एनआरएन हङकङकी अध्यक्ष राधिका गुरुङले बताएको सेतोपाटीले लेखेको छ। कार्यक्रममा करिब ४ सय जनाको सहभागिता रहने छ।

जानकारी तथा लेखहरु