फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटक बोलाउन चीनमा प्रवर्द्धनात्मक कार्यक्रम

(GMT+08:00) 2019-12-15 15:56:47
आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल संघ नेपाल (हान)ले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने भएको छ। चीनको छन्तुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा १६ देखि २० डिसेम्बरसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने हानले उल्लेख गरेको छ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल १६ डिसेम्बरमा चीनको छन्तु प्रस्थान गर्ने भएका हुन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकको मुख्य रोजाइ नेपाल बन्दै गएको मौका छोपी उनीहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्ने उद्देश्यले व्यवसायी चीन जान लागेको अनलाइनखबरले लेखेको छ।

चीनमा हुने प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटक वृद्धिमा भूमिका खेल्ने हानको विश्वास छ। उक्त अवसरमा चीनका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने भएको छ।

जानकारी तथा लेखहरु